हेटौंडा। नेपालमा थप ३ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ सय १८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

यसैगरि आज ३८३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा संक्रमण मुक्त हुनेको संखया २ लाख ६२ हजार ६४२ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरि आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९७५ पुगेको मन्त्रालयले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।