
हेटौंडा । हेटौंडा-९ मा जारी तेस्रो टोलस्तरीय ८ ए साइड फुटबल प्रतियोगितामा आज पहिलो चरणका तीन खेल भएका छन् ।
आज भएको खेलमा क्रमश : धाप टोल, प्रगतिशील टोल र दिब्यपथले जित हात पारेका छन् । पहिलो खेलमा धापले आदर्श टोललाई १-० को झिनो गोलअन्तरले पराजित गर्यो । धापको लागि हस्त बहादुर थापा मगरले निर्णायक गोल गरेका थिए । म्यान अफ द म्याच मगर नै भए ।
यस्तै दोस्रो खेलमा प्रगतिशीलले खाध्यसंस्थान टोललाई ट्राइबेकरमार्फत ३-२ गोलअन्तरले पराजित गर्न सफल भएको छ । निर्धारित खेल १-१ गोलओ बराबरीमा टुङ्गिएर ट्राइबेकरमा गएको खेल २-२ गोलको बराबरी पछि सडेनडेथमा जित हात पारेको हो । सो खेलका म्यान अफ द म्याच प्रगतिशीलका गणेश सिग्देल भए ।
यस्तै आजको अन्तिम खेलमा दिब्यपथले उत्कृष्ट खेल प्रदर्शन गर्दै सृजना टोलमाथी २-० को जित हात पारेको छ । उपाधी दाबेदार मानिएको दिब्यपथलाई जीत दिलाउन टिमकै सबै भन्दा कान्छो १५ वर्षिय खेलाडी दिनेश ओझाले दुबै गोल गरेका हुन् । उक्त खेलमा म्यान अफ द म्याच दिब्यपथ टिमका फरवार्ड खेलाडी गोबिन्द फुयाल घोषित भए ।
प्रतिक्रिया दिनुहोस्