चाँया, टाउकोको छालाबाट झर्ने वा पाइने मृत कोशीकाहरु हुन्। छालाको कोशीकाहरु मृत भएपछि थोरै मात्रमा देखिनु वा कपालबाट झर्नुलाई सामान्य रुपमा लिने गरिन्छ। मानिसको टाउकोबाट करिब ४ लाख ८७ हजार कोशीकाहरु डिटर्जन्ट उपचारपछि सामान्य रुपमा झर्ने गर्छ।  तर, जब यो ज्यादा मात्रामा देखिन वा टाउकोबाट झरना थाल्छ, त्यतिबेला यसलाई खतराको रुपमा लिनुपर्दछ।

चाँया युवा अवस्थाको आधा जनसंख्यामा हुने एक सामान्य विकार हो। यसले सामान्यतया टाउको चिलाउने समस्यालाई निम्त्याउने गर्दछ। यद्यपि, यो त्यति संक्रामक र गम्भीर हुँदैन। हल्का र सामान्य चाँयालाई विशेष श्याम्पूले सजिलै उपचार गर्न सकिन्छ, यद्यपि यसको कुनै प्रमाणित उपचार छैन।

तर, यसले कहिले कहिँ सामाजिक भेलाहरुमा लज्जास्पद अवस्थाको सिर्जना गर्न सक्छ। चाँया प्रभावित व्यक्तिहरूलाई यसले सामाजिक वा आत्म–सम्मानमा समस्या निम्त्याउन सक्छ।

अतः बद्लिदो मौसममा चाँया पर्नु सामान्य भइसकेको छ। अहिलेको वर्तमान परिवेश र खानपानका कारण ८० प्रतिशत मानिसहरु चाँयाको समस्याबाट प्रभावित छन्।  विशेषगरी जाडो मौसममा तालु सुख्खा भएको कारण चाँयाले मानिसहरुलाई अस

चाँयाका लक्षण

टाउको सतह सुक्खा हुनु
बारम्बार टाउको चिलाउने
कपाल झर्नु
कपाल वा टाउकोबाट सेतो रङ जस्तो पाउडर कपडामा खस्नु
कहिले काहिँ पेट खराब वा कब्जियत भयो भने पनि चाँया पर्न सक्छ
चाँया हुने कारण

चाँया थुप्रै कारणहरूले गर्दा हुन सक्छ, जस्तै सुख्खा छाला, टाउको वा कपालको सरसफाई नगर्नाले, श्याम्पूको अत्याधिक प्रयोग, सोरायसिस, एक्जिमा, कपालको हेरचाह गर्ने उत्पादनहरूप्रति संवेदनशीलता, एक खमिर जस्तो फङस (मालासेजिया) जुन प्रायः वयस्कहरूको तालुको उत्पादित तेललाई खाने गर्छ, सुख्खा छाला लगायतका कारणहरु चाँया पर्ने कारक तत्वहरु हुन्।

जोखिम

चाँया लगभग सबैलाई हुन सक्छ, तर केही कारक तत्वले यसलाई बढी संवेदनशील बनाउन सक्छ।

उमेर – चाँया सामान्यतया युवा अवस्थामा सुरु हुन्छ र मध्यम उमेरसम्म जारी रहन्छ। यसको मतलब यो होइन कि वयस्कहरूलाई चाँया हुँदैन। केही व्यक्तिहरूमा यो समस्या आजीवन हुन सक्छ।

पुरुष हुनु –  मुख्यतया, पुरुषहरुमा चाँया हुने समस्या बढी देखिन्छ। जसकाकरण, विज्ञहरुकाअनुसार पुरुषहरुको हर्मोन्सले यसलाई उत्पादन गर्न बढी भूमिका खेल्ने विश्वास गर्छन्।

रोग – पार्किन्सन तथा स्नायु प्रणाली सम्बन्धी रोग भएका बिरामीहरुलाई चाँयाले बढी असर गर्ने गर्छ।  त्यसैगरी, प्रतिरक्षा प्रणाली कम भएका र  एचआईभी संक्रमित व्यक्तिहरुलाई चाँया पर्ने समस्या हुने गर्दछ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।