काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई आक्रामक र आवेगयुक्त बनाउन निर्देशन दिएका छन् ।

आइतबार नेकपा, प्रचण्ड-माधवकुमार नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले टाउकामा लाठी खाएको बताउँदै यसपटक आफ्नो पनि टाउको चिलाएको बताएका छन् । “यसपटक हामी अग्रपंक्तिमा हुनेछौं । किन, किन मेरो पनि टाउको चिलाएको छ । लाठी खान मन छ,” उनले भने । उनले शान्तिपूर्ण प्रदर्शनले मात्रै नपुग्ने बताए ।

“अब शाकाहारी आन्दोलनले पुग्दैन,” उनले मुठभेडमै उत्रनेतर्फ संकेत गर्दै भने, “यस्तो शाकाहारी आन्दोलन कति गरियो गरियो । अब यस्तो आन्दोलने हुँदैन । आवेगयुक्त प्रदर्शनको जरुरी छ । त्यसका लागि युवा-विद्यार्थी तयार हुनुपर्छ ।”


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।