भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले आम सञ्चारमाध्यमहरूलाई समानुपातिक विज्ञापन वितरण गर्न सरकार लागि परेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाँचथरको साधारण सभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री नेम्वाङले क्लिनफिड लागू भइसकेको हुँदा अब सबै सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन वितरण हुने बताउनुभयो ।

उहाँले पत्रकारहरूको न्यूनतम पारिश्रमिकको कार्यान्वयनमा सरकारले दृढ रहेको स्मरण गराउँदै आम सञ्चारमाध्यले पत्रकारहरूलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई परिस्कृत, सुसंस्कृत र मर्यादित बनाएर लैजानुपर्ने बताउनुभयो ।

साधारणसभाको अवसर पारेर महासंघले ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।