हेटौंडा/नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले माघी सकरान्तीकाे अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेकाे छ ।

संघका जिल्ला अध्यक्ष हाेम बहादुर राना मगर सभाध्यक्षमा आज हेटौंडामा भएकाे कार्यक्रममा संघका बरिष्ठ वापा (पुराेहित) सान्तध्वज राना मगरकाे प्रमुख आतिथ्यता रहेकाे थियो ।

वरिष्ठ वापा मगरले कार्यक्रममा सहभागीलाई टिका लगाएर आशिर्वाद दिएका थिए। सहभागीलाई माघीकाे परिकार घ्यू,चाकु,तरूल खुवाएर शुभकामना अादन प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेश कमिटी सहकाेषाध्यक्ष शंकर पुलामी, सदस्य रामकुमार बाेगटी मगर,जिल्ला सल्लाहकार कृष्ण सारू मगर, संरक्षक विश्व थापा मगर,मगर महिला संघका पुर्व केन्द्रीय सदस्य रमा राना मगर,मगर संघ हेटौंडाका अध्यक्ष भरत ढाडा मगर,मगर महिला संघका जिल्ला अध्यक्ष डेनिज थापा मगर लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेश कमिटी सदस्य उपेन्द्र पुलामी मगर, उर्मिला पुलामी मगर, जिल्ला संघका संरक्षक कुश बहादुर थापा मगर,मगर जिल्ला युवा संघ अध्यक्ष उपेन्द्र राना मगर लगायतको अातिथ्यता रहेको थियोे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।