हेटौंडा । हेटौंडामा गत वर्ष कपडा बैंक खोल्ने फेसन झै चल्यै, दैनिक जसो कपडा बैंक खुलेको समाचारहरु बने । लहडका रुपमा खुलेका कपडा बैंकहरु सुरु सुरुमा राम्रै चल्यो । सयौले त्यसबाट लाभ पनि लिए । संसदीय दलका नेता आएर उद्घाटन गरेका कपडा बैंक समेत अहिले फोहोरको डङ्गुरमा परिणत भएको छ । मकवानपुरमा खुलेका ५ वटा कपडा बैंकहरुमा अहिले हेटौंडा वडा नंबर ५ सानोपोखरामा रहेको कपडा बैंक बाहेक सबै अस्तब्यस्त अबस्थामा रहेका छन् ।

२०७६ साल भदौ २ गते हेटौंडा सानोपोखरामा तरुण दलले ब्यवस्थापन गर्ने गरि कपडा बैंक खुल्यो । त्यस्तै भदौ ४ मा हेटौंडा १० बसपार्क क्षेत्रमा केही युवाहरुको समूह सहयोगी हातले पनि कपडा बैंक स्थापना गर्यो । त्यस्तै भदौ ७ गते तरुण दलकै ब्यवस्थापनमा चौकीटोल ओरालोमा पनि कपडा बैंक स्थापना भयो । त्यसपछि हुप्रचौर छेउ हेटौंडा युवा अभियानले र लायन्स क्लव अफ हेटौंडा भुटनदेविले सुमार्गी कम्प्लेक्समा सटर खेलेर कपडा बैंक स्थापना गरे ।

यी सबै कपडा बैंकहरु कोरोना महामारी अघि राम्रो अवस्थामा संचालन भइरहेका थिए । कयौले कपडा सहयोग गर्ने र आवश्यक हुनेले उपभोग समेत गरे । कपडा बैंक स्थापना हुदा गरिव दु:खि र अभावमा रहेकाहरुले उपभोग गर्न पाउँदा उनीहरुको मुहारमा खुसि देखिन्थ्यो । तर कोरोना माहामारीमा सबै क्षेत्र बन्द रहँदा कपडा बैंकहरु पनि बन्द गरे । विस्तारै अन्य क्षेत्र खुल्दै गयो तर कपडा बैंक खोल्ने र पुन ब्यबस्थापनमा सम्बन्धित निकायले ध्यान दिएन । कतिसम्म भने हुप्रचौरमा रहेको कपडा बैंक फोहोरको थुप्रोमा परिणत भएको छ ।  कपडा भुइमा असरल्ल छरिएका छन् । त्यस्तै हालत चौकीटोलमा ओरालोमा रहेको कपडा बैंकको पनि रहेको छ । वरिपरि फोहोर रहेका छन् ।

स्थापना भएको बर्षदिनमै बसपार्क क्षेत्रमा सहयोगी हातले स्थापना गरेको कपडा बैक गायव भएको छ । त्यस्तै लायन्स क्लव अफ हेटौंडा भुटनदेविले सुमार्गी कम्प्लेक्समा खोलेको कपडा बैंक पनि बन्द भइसकेको छ ।

कपडा बैंक बन्द र ब्यबस्थित नहुनुमा कोरोना कारक रहेको तरुण दल मकवानपुरका नगर अध्यक्ष सुनिल गिरीले बताए । ‘हामिले कोरोना माहामारी पछि बैंकहरुको उचित ब्यवस्थापन गर्न नसकेकै हो । अव पुन ब्यवस्थनापनमा जुटने छौ,’ उनले भने । चौकीटोलमा रहेको बैक अव चाँडै नै हुप्रचौरमा सारेर पुन संचालन गर्ने गिरीले बताए । अन्य कपडा बैंकका ब्यवस्थापकहरु कोहि पनि सम्पर्कमा रहेको देखिएन् ।

हेटौंडामा एउटा राम्रो कार्यमा पुन् ध्यान जान सके पुन कपडा बैंकको उचित ब्यबस्थापन हुन सके विपन्न र आर्थिक स्थिती कमजोर रहेकाहरुलाई राहत मिल्थ्यो कि ?


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।