file photo

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी माघ १० गते नेपाल बन्दको घोषँणा गरेको छ । पार्टीले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेक हो । आज एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समते रहेका चक्रप्रसाद बास्तोला ‘कञ्चन’लाई पक्राउ गरेको बिरोधमा नेपाल बन्द सहितको कार्यक्रम घोषँणा गरेको हो ।
विप्लप समूहले त्यसको विरोधमा नेपाल बन्दसहित ५ दिने संघर्षका कार्यक्रम बिहीबार घोषणा गरेको हो।

महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार ३ गते देशव्यापी जुलुस, ५ गते देशव्यापी विरोधसभा, ७ गते देशव्यापी विरोध प्रदर्शन, ९ गते देशव्यापी मसाल जुलुस र १० गते नेपाल बन्द रहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।