मदिरापान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा त सबैलाई थाहा छ । तर भियतनाममा एक व्यक्तिलाई बीयर पिउन दिएर ज्यान जोगाइएको अनौठो घटना सार्वजनिक भएको छ । उसको ज्यान बचाउनका लागि चिकित्सकहरूले १५ क्यान बीयर पिलाएका थिए । उक्त व्यक्तिको नाम गुयेन व्याट हाट हो र उमेर ४८ वर्ष बताइएको छ । उनलाई अल्कोहल पोइजनिङ भएको थियो ।
बीयर पिलाएपछि उनको ज्यान जोगियो । बीयरमा भएको एथानोलले रक्सीमा हुने मेथनोललाई काट्छ । बीयरले लिभर सफा गर्छ र संक्रमण घटाउँछ ।

त्यसैले चिकित्सकहरूले एक एक घन्टाको अन्तरमा बीयरको क्यानबाट पम्प गर्दै रोगीको शरीरमा बीयर पुर्‍याए । पन्ध्र क्यान बीयर शरीरमा पुगेपछि बल्ल रोगीलाई होश आयो ।

उपचार गर्ने चिकित्सकका अनुसार, रोगीको रगतमा मेथनोल अल्कोहलको स्तर निर्धारित सीमाभन्दा १।११९ गुणा बढी थियो । शरीरमा भएको मेथनोल अक्सिजनाइज्ड भएपछि फर्मलडिहाइड बन्यो र फर्मिक एसिड उत्पादन गर्न थाल्यो । त्यसले रोगीलाई चक्कर लाग्ने बनाउँछ ।

तर अनौठो उपचारपछि गुयेनको ज्यान बचेको छ । अहिले उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।