file photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कुनै किसिमको दबाब नदिने बताएका छन् ।

देउवाले पर्वतमा आयोजित हरिदत्त तिवारीको १८औं स्मृति सभामा सम्बोधन गर्दै कांग्रेसले स्वतन्त्र न्यायपालिकाको मान्यता बोकेकाले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई दबाब नदिने बताएका हुन् ।

उनले भने, ‘कांग्रेस न्यायपालिका स्वतन्त्र भएको चाहन्छ । न्यायपालिकामा हस्तक्षेप गर्नहुँदैन । पार्टीले सर्वोच्चलाई विचाराधीन मुद्दामा यो गर ऊ गर भन्दैन । अदालतले नियम, कानुन र ऐन हेर्छ ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।