सांकेतिक तस्बिर

जलेश्वर । नेपाल भारत सीमा नाकामा अवस्थित महोत्तरीको मटिहानी नगरपालिकामा नेपाल प्रहरीले आज पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका– १७ कपिलेश्वर गाउँ बस्ने २३ वर्षीय रामशङ्कर मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

युवक मण्डल आज बिहान करिब ११ः०० बजे पेस्तोल बोकी जनकपुरबाट मटिहानी गएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई मटिहानी नगरपालिका– ८ स्थितबाट पक्राउ गरेको हो ।

उनको साथबाट एक थान नलकटुवा पेस्तोल, त्यसमा लोड गरिएको अवस्थामा एक राउण्ड गोली र एक राउण्ड साथमा रहेको गोली प्रहरीले बरामद गरेको हो । पेस्तोल र गोलीसहित पक्राउ परेका युवक मण्डललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।