
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टरलाई गोरखामा ‘फोर्स ल्याण्ड’ गरिएको छ । पालुङटार नगरपालिकाको हर्नी र आँपपिपल क्षेत्रमा हेलिकप्टरलाई आपतकालीन अवतरण गराइएको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार उनी नेपाली कांग्रेस पर्वतले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन पर्वतका लागि उडेका थिए । खराब मौसमका कारण हेलिकप्टर आकस्मिक अवतरण गराउनु परेको गोरखा प्रहरीले जनाएको छ ।
देउवाको साथमा नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी थिए । पर्वतमा सशस्त्र द्वन्द्वको बेला विद्रोहीबाट मारिएका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जान लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्