सुन बिहीबार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला  ९२ हजार १ सय रुपैयाँ कायम गरेको छ। मंगलबार ९२ हजार ८ सयमा कारोबार भएको सुन बुधबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ६ सय पुगेको छ । मंगलबार ९२ हजार ३०० मा कारोबार भएको तेजाबी सुन बुधबार ९२ हजार ४ सय पुगेको थियो ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।