१ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिएका छन् ।

आज बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले निर्धारित मितिमै निर्वाचन हुने भन्दै त्यसमा दाँया बाँया नहुने स्पष्ट पारे । ‘चुनावको मिति दायाँबायाँ हुँदैन,तयारीमा लागौं’ प्रधानमन्त्रीको भनाई थियो ।

बैठकमा पार्टीको नाम र निर्वाचन चिन्हसमेत आफुहरु कै हुनेमा ढुँक रहन आग्रह गरिएको थियो । नेकपाको विाधान अनुसार प्रथम अध्यक्ष र महासचिव बिना बैठक नै गर्न नसक्नै अवस्था रहेको भन्दै आधिकारिक बैठक र निर्णयहरु आफुहरुकै हुने हुँदा नाम र निर्वाचन चिन्ह आफुहरुको नहोला भनेर शंका नगर्न नेताहरुलाई आग्रह गरिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।