हेटौंडा । हेटौंडामा संञ्चारकर्मीसंग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार र स्थानिय सरकारको सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल र हेल्भाटास नेपालको सहयोग र स्थानिय सरकार हेटौंडा उपमहानगरपालिका,बकैया गाँउपालिका,मनहरी गाँउपालिका र थाहा नगरपालिकाको नेतृत्वमा सेवा प्रदायक संस्था एकिकृत ग्रामिण विकास सेवा मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा संन्चारकर्मीहरुसंग वैदेशिक रोजगारीको वर्तमान अवस्थाका अवसर र चुनौतीका बारेमा अन्तरकृया गरिएको थियो । बैदेशिक रोजगारीको सन्दर्भमा उमा पौडेलले सामी परियोजनाका उदेश्य, कृयाकलाप, कार्यक्षेत्र र हालसम्मको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । उप्त परियोजना ३९ जिल्लाका १५६ स्थानिय तहमा संचालित गरिएको छ । मकवानपुरमा आर्थिक वर्ष २०७५/७६मा ११ हजार ७० जनाले विभिन्न प्रयोजनका लागि राहदानी लिउका थिए । आ.व. २०७६र७७ मा ७ हजार ३ सय २५ जनाले राहदानी लिएका हुन् । सामीले वैदेशिक रोजगारीमा जाने र रोजगारीका क्रममा परेका समस्या समाधान गर्न सयोग गर्ने पौडेलले बताए ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भिम तिमल्सिनाले बैदेशिक रोजगारीसंग सम्बन्धिक नीतिगत प्रावधान तथा संयन्त्रसंग सम्बन्धित प्रस्तुति प्रस्तुत गरेका थिए । उनले सुरक्षित बैदेशिक रोजगार सम्बन्धि संविधान र स्थानिय सरकार संचालन ऐन २०७४ र १५औं योजनामा भएका प्रावधानहरु प्रस्टाएका हुन् ।

एकीकृत ग्रामीण बिकास सेवा मकवानपुरकी अध्यक्ष सीता बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती मकवनपुरकी उपाध्यक्ष भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भिम तिमल्सिना ,एकीकृत ग्रामीण बिकास सेवा मकवानपुरका सचीव मिनराज पौडेल लगाएतको उपस्थिति रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।