मलंगवा  । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सर्लाहीमा शक्ति प्रदर्शन गरेको छ । मंगलबार नेकपाले शक्ति प्रदर्शन गरेको हो ।

मलंगवामा भएको बृहत कार्यकर्ता भेलालाई उप–प्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । पोखरेलले आफूहरूले नै आधिकारिता पाउने बताएको नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री न्यौपानेले जानकारी दिए ।

राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रमलाई उप–प्रधानमन्त्री पोखरेलका साथै सत्यनारायण मण्डल, प्रभु साह, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, शिवपुजन रायसहितका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा हजारौँ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । उप–प्रधानमन्त्री पोखरेलले जसपाका केन्द्रीय सदस्य रामबहादुर रायसहित सयौँ कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।