file photo

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले राजिनामा पछि दिएको अभिव्यक्ति प्रति कार्यालयले गम्भिर ध्यानाकर्षण जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले मंगलबार एक प्रेस बक्तव्य जारी गर्दै राजिनामा पश्चात उपाध्यक्षले दिएको अभिव्यक्ति प्रति कार्यालयका तर्फबाट गम्भिर ध्यानाकर्ष भएको जनाएका छन् ।

“यस गाउँपालिकाका उपाध्यक्ष श्री मनिला विष्टले आफ्नो पदबाट अध्यक्ष श्री एकराज उप्रेती समक्ष दिएको लिखित राजिनामाको विषयसंग जोडेर मनिला विष्टले मिति २०७७/०९/१९ गते गरेको पत्रकार सम्मेलनमा यस कार्यालयका कर्मचारीहरुको विषयमा दिएको अभिव्यक्ति प्रति कार्यालयको गंभिर ध्यानाकर्षण भएको छ ।” प्रमुख प्रशासकिय अधिकृत चौलागाईद्धारा जारी बक्तव्यमा भनिएको छ ।

उनले कर्मचारीहरुको चरित्र हत्या गर्ने प्रयास गर्न पनि आफैमा गैरकानुनी कार्य भएको उल्लेख गर्दै कार्यालयका कर्मचारीहरू पदिय मर्यादा, आवरण र कार्यालयको जिम्मेवारी प्रति सजग रहेको र पदाधिकारीहरुले राजिनामा दिने र स्वीकृत गर्ने विषयमा कहि कतै कुनै कर्मचारीहरुको कुनै भुमिका र स्वार्थ नरहेको समेत स्पष्ट पारेका छन् ।

प्रेस बक्तव्य मार्फत उनले गाउँपालिकाले गरेका निर्णयहरु निस्पक्ष र प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने सन्दर्भमा कार्यालय प्रमुखको निर्देशन र आफ्नो पदिय जिम्वेवारीमा रहेर काम गरिरहेका कर्मचारीको मनोबल कमजोर बनाउने गरी त्यस्ता भ्रामक कुराहरु नगर्न र नलाग्न समेत उनले सम्पूर्ण मनहरीवासीलाई अनुरोध गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।