
-अनिल पराजुली
हेटौंडा/वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी मकवानपुरकी एक महिलाको कुवेतमा मृत्यु भएको छ । कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत काँकडा मकवानपुरकी सरिता थिङको आदान अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको हो ।
ग्यास्ट्रिक बिग्रिएर अल्सर भएपछि अस्पताल भर्ना भएकी थिङको १० जनवरी आईतवार मृत्यु भएको नेपाली राजदूताबास कुवेतका द्धितिय सचिब श्रीकृष्ण सिलवालले पुष्टी गरेको नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष हरी कृष्ण न्यौपानेले जानकारी दिए ।
थिङ बिरुद्द २ बर्ष पहिले घरबाट भागेको (रनवे) मुद्दा परेको थियो । थिङ अबैधानिक रुपमा लुकेर काम गर्दै आएकी थिइन् ।
दूतावासका अनुसार अबैधानिक रुपमा भारतीय बाटो हुँदै आएको र श्रम सम्झौता पनि नगरेकाले थिङको शव नेपाल पठाउन लाग्ने खर्च परिवारले नै व्यहोर्न पर्ने जनाएको छ । यता थिङको परिवारसंग सम्पर्क भएको र शव पठाउनका लागि कानुनी प्रकृया सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्