हेटौंडा । केहि दिन अघि नेपाल आएर सगरमाथा अवलोकन गरेका भारतीय पत्रकार सुधीर चौधरीले नेपालमा सगरमाथाले चिनिने माउन्ट एभरेष्टको नाम माउन्ट सिकदर हुनु पर्ने बताएका छन् ।

भारतीय जी न्युजका सम्पाक रहेका चौधरीले जी न्युजको डिएनए लाईभमा सगरमाथाको बेसक्याम्पमा पुगेको भिडियो देखाउँदै नेपालमा रहेको माउन्ट एभरेष्टको नाम अब माउन्ट सिकदर बनाउन आफ्नो दर्शकहरुलाई सामाजिक संजाल मार्फत अभियान चलाउन आग्रह गरेका छन् ।

उनले सन १८५२ मा भारतीय गणितज्ञ राधानाथ सिकदरले पहिलो पटक माउन्टको उचाई मापन गरेको कारण माउन्टको नाम माउन्ट सिकदर हुनुपर्ने बताए ।

उनले भनेः माउन्टको मापन सन १८५२ मा भारतीय गणितज्ञ राधानाथ सिकदर गरेका हुन् । दुनियाँलाई माउन्टको बारेमा बताउने काम सिकदर गरे । तर भारतमा त्यस समय अंग्रेजको शासन थियो जसको कारण अंग्रेजले माउन्टको नामाकरण जर्ज एभरेष्टको नामबाट माउन्ट एभरेष्ट राखे । जर्ज एभरेष्टले दुनियाँको अग्लो ठाउँ माउन्ट एभरेष्ट कहिल्लै नदेखेको चौधरीको भनाई छ । उनले भनका छन्,“नेपालमा माउन्ट एभरेष्टलाई सगरमाथाले चिनिन्छ,चीनमा चोमोलोङ्माले चिनिन्छ यि दुबै त्यहाँको स्थानीय नामले चिनिन्छ तर हामी भारतीय आज पनि अंग्रेजको नामबाट बोलाउँछौ । तर यस्को अश्ली हकदार भारतका महान गणितज्ञ राधानाथ सिकदर हुन् । अब यस्को नाम माउन्ट सिकदर राखौ ।”

उनले भारतमा आफ्नै देशको नामबाट माउन्टको नामकरण हुनुपर्ने बताएका छन् । उनले माउन्ट एभरेष्टको पहिलो पटक उचाई मापन गर्ने सिकदर भएको कारण भारतीयहरुले माउन्ट एभरेष्टलाई माउन्ट सिकदरको नामले चिन्नुपर्ने बताएका छन् । उनले माउन्ट एभेरष्टको नाम माउन्ट सिकदरको लागि सामाजिक संजाल मार्फत अभियान चलाउन समेत आग्रह गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।