File photo

नेपालमा थप ४३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४४५ जना संक्रमित थपिएको जानकारी दिएको छ । यो संगै नेपालमा २ लाख ६६ हजार १४३ संक्रमित पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।