फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर ४३ जनालाई ठगेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

महानगरी अपराध महाशाखा ललितपुरले दोलखाका २३ वर्षीय  शिव खड्कालाई साे ठगी आरोपमा आज पक्राउ गरेको हो ।

खड्काले फेसबकुमा आकर्षक तलब सुविधा दिने जब भ्याकेन्सी पोस्ट गर्ने गरेकाे खुलेकाे छ ।  जब भ्याकेन्स हेरेर खड्काको सम्पर्कमा आउने युवालाई उनी  इसेवाबाट १५ सयदेखि ३५ सयसम्म डिपोजिट गर्न लगाउँथे । यसरी उनले ४३ जनालाई ठगेको बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।