जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरूले जनाएका छन् । जापानी अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

स्थानीय संचारमाध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० का आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् ।

यस्तै, नीगाता प्रिफेक्चरमा पनि हिउँ फाल्ने क्रममा चार जनाको मृत्यु भएको छ । हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ । हिमपातका कारण अन्य विभिन्न ठाउँमा ६ जनाको मृत्यु भएको संचारमाध्यमहरूले जनाएका छन् ।

यसबाहेक, हिमपातका कारण सडक यातायात पनि नराम्रोसँग प्रभावित भएको छ । होकुरिकु द्रुतमार्गमा एक हजार २०० भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।

जापानको मौसम विभाग ९जेएमए० ले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मंगलबारसम्म हिमपात हुने जनाएको छ । किन्की, टोकाई र शिकोकु क्षेत्रका पहाडी इलाकामा मंगलबार साँझसम्म २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले बताएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।