हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ मा टिपरले मोटरसाईकलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको ।

कान्तिराजपथको हेटौंडा-चौघडा सडकखण्डअन्तर्गत क्याम्पाडाँडामा सोमबार साँझ टिपरको ठक्करबाट हेटौंडा ६ चौघणाका १८ वर्षीय आशिष शिवभक्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि मोटरसाईकलमा सवार सोहि ठाउँका १८ वर्षीय निरज राई घाइते भएका छन् ।  मोटरसाइकललाई ठक्कर दिने टिपरमा आक्रोशित स्थानीयले आगजनी गरेका छन् ।

सोमबार साँझ चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना१क ८३३३ नंबरको टिपरले हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४०२० नंबरको मोटसाईकललाई ठक्कर दिएको थियो ।

प्रहरीले टिपरका चालक हेटौंडा-१४ का सुवास थपलियालाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।