इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सास्सुओलोमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा डानिलो,एरोन रामसी र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै सास्सुओलोका लागि ग्रेगोइरे डेफ्रेलले एक गोल फर्काएका थिए ।

त्यस्तै सास्सुओलोका पेड्रो ओबिंगले खेलको पहिलो हाफको अन्तिम समयमा रातोकार्ड पाएर मैदाम छोडेपछि सास्सुओलो १० खेलाडीमा सिमित भएको थियो ।

यस खेलमा गोल गरेसँगै रोनाल्डोले यस सिजनमा सिरी ए आफ्नो १५ गोल पुरा गरेका छन् । योसँगै उनी पछिल्लो १५ सिजनसम्म लगातार उनी खेलेका लिगमा कम्तिमा १५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले सन २००६/७ सिजन देखि अहिलेसम्म खेलेका हरेक लिगमा हरेक बर्ष कम्तिमा १५ गोल गरेका छन् ।

यो जितपछि युभेन्टस सिरी एमा चौथो स्थानमा उक्लिएको छ । युभेन्टसको १६ खेलमा ३३ अंक रहेको छ । शिर्ष स्थानमा रहेको एसी मिलानको १७ खेलमा ४० अंक रहेको छ । त्यस्तौ सास्सुओलोको भने १७ खेलमा २९ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।