भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली बुबा बनेका छन् । उनकी पत्नि तथा बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छिन्।

भारतिय मिडियाका अनुसार अनुष्काले मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

आफु बुबा बनेको बारे क्रिकेटर विराटले सामाजिक सञ्जलामार्फत जानकारी दिएका छन् । उनले छोरी जन्मदा आफुहरु दुवै जना खुशी भएको बताएका छन् ।

उनले अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको बताउदै माया र शुभकामना दिने सबैलाई धन्यवाद भनेका छन् । अभिनेत्री अनुष्काले २०१७ डिसेम्बरमा क्रिकेटर कोहलीसँग विवाह गरेकी थिइन् । उनीहरुको यो पहिलो सन्तान हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।