
हेटौँडा । यतिबेला सामजिक सञ्जालमा फेसबुकमा एउटा तस्बिर भाईरल भैरहेको छ । यो तस्बिर नेपालकै चर्चित एक ऐतिहाँसिक स्थल मकवानपुरगढी दरबारको हो । पत्रकार छबि अनित्यले आफ्नो फेसबुक प्रोपाईलमा उक्त तस्बिर पोष्ट गरेपछि उक्त तस्बिर भाईरल बनेको हो । अनित्यले तस्बिर पोष्ट गर्दै क्याप्सनमा लेखेका छन : यसरी जिर्णोद्धार होला ?
३मकवानपुरगढी दरबार , उनदृ उक्त क्याप्सनसँगै दुईवटा तस्बिर समेत पोष्ट गरेका छन । तस्बिरमा चार जना मजदुरहरु गढिको ऐतिहाँसिक दरबारको वाल भत्काईरहेको देखिन्छ । पत्रकार अनित्यले उक्त तस्बिर पोष्ट गरेपछि अर्का पत्रकार रिपेश दाहालले सो तस्बिरलाई पोष्ट गर्दै लेखेका छन : मकवानपुर गढीमा के हुदैछ ? इतिहास मेट्नेकार्य हुँदै छ , या जिर्णोद्दार ? पुरातत्त्व विद, सुरक्षाकर्मी इतिहासका खोजकर्ता तथा नागरिक समाज एवं पत्रकारहरुको उपस्थिति बिना हजार वर्ष पुरानो धरोहर भत्काउने काम हुनु दुःखद हो । ऐतिहासिक हिसाबले महत्त्वपूर्ण चिज वस्तु फेला परेर हराए को जिम्मेवार हुन्छ?
आखिरि जिर्णोद्धार भन्दै मकवानपुरगढी दरबार भत्काउन आदेश दिने को हो ?जिर्णोद्धार कै नाउँमा किन ऐतिहाँसिक धरोहरलाई मेटने काम हुँदैछ भनेर अहिले सामजिक सञ्जालमा उक्त कार्यको निकै आलोचना भैरहेको छ । ऐतिहाँसिक संरचनाको संरक्षण गर्नु राज्यको दायित्व हो तर संरक्षणको नाउँमा या जिर्णोद्दारको नाउँमा पुरानो तत्कालिन संरचनालाई भन्काउनु भने कदापी हुँदैन । आखिरि यो संरचना भत्काउन आदेश दिने कोहो ? आदेश दिनेहरु कारबाहीको भागेदार हुने कि नहुने ? यो सर्वाधिक चासोको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्