
अमेरिका, बेलायत तथा अन्य थुप्रै मुलुकहरूमा खोप लगाउने अभियान सुरु भइसकेको छ। भारतमा यसै हप्ता देखि खोप लगाउने अभियान सुरु हुँदै छ। कोरोना भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको खबरहरू बाहिर आइरहेको छ।
यसैबिच जापानमा पनि यति बेला नयाँ स्वरूपको कोरोनाभाइरस देखा परेको छ। जापानको स्वास्थ्य मन्त्रालयले आइतबार नयाँ स्वरूपको भाइरस फेला परेको पुष्टि गरेको छ ।
ब्राजिल बाट जापान आएका चार व्यक्तिमा नयाँ स्वरूपको भाइरस फेला परेको हो। कोरोना भाइरसको यो नयाँ स्वरूप बेलायत र दक्षिण अफ्रिकामा पाइएको भन्दा फरक रहेको समाचार माध्यम द जापान टाइम्सले उल्लेख गरेको छ। जापान सरकारकाअनुसार नयाँ स्वरूपको कोरोनाभाइरस ४० वर्षीय पुरुष, ३० वर्षीय महिला र २ किशोरमा पुष्टि भएको हो।
यस भन्दा पहिले जापानमा बेलायत र दक्षिण अफ्रिका फेला परेको भाइरसको स्वरूपले ३० जनालाई आफ्नो चपेटामा लिइसकेको छ। उक्त चार व्यक्तिको एयरपोर्टमा अवस्थित क्वारेनटाइनमा स्वास्थ्य परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
जापानी स्वास्थमन्त्रालयका अनुसार एनआईआईडीले विस्तृत अध्ययन पश्चात् उक्त भाइरसको स्वरूप बेलायत र दक्षिण अफ्रिकामा पाइएको भन्दा फरक रहेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्