हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा युवा तथा खेलकुद मन्त्री दावा लामाले केपी ओलीको नेतृत्व छाडेर जाने प्रचण्ड–नेपाल समुहलाई नेकपको भेलले भारत कटाईदिने दाबी गरेका छन् ।

नेकपा मकवानपुरले आज हेटौँडामा गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै मन्त्री लामाले केपी ओलीनै मुलधारको नेतृत्व भएको बताए । उनले भने ः हाम्रो पितापुर्खाको भनई छ संकटमा नआत्तिनु, तपाईहरु सतिसाल भएर उभिनु भएको रैछ, अब मकवानपुरको यो कार्यकर्ताको भेलले ,ओली नेतृत्वको यो भेलले उहाहरुलाई राप्ती खोलाको बोर्डर मात्र हैन, भारत कटाउछ भारत मात्र हैन बंगालको खाँडी पुराउछ ।

उनले ओली नेतृत्वको भेललाई रोक्न नसकिने भन्दै उनले जागेको नेकपाले अब थप दुई तिहाई ल्याउने बताए । उनले ओली नेतृत्वको राप र तापले बिरोधीलाई भष्म बनाउने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।