file photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले आयोजना गरेको प्रदर्शनमा सहभागी नागरिकलाई बधाई तथा आभार व्यक्त गरेका छन् ।

‘के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावनालाई अभिब्यक्त गरेको छ,’ शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसको आयोजनामा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा भएको विरोध प्रदर्शनमा व्यापक रुपमा सहभागि हुनुभएका सबैलाई म बधाई तथा आभार व्यक्त गर्दछु ।’

विज्ञप्तिमा देउवाले भनेका छन्, ‘प्रदर्शन सफल बनाउन अहोरात्र लाग्नुभएका प्रदेश सभा क्षेत्रीय कार्यसमितिका साथीहरू संगै पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु । पुस १३ को प्रदर्शनमा झैं आजको प्रदर्शनमा पनि सामाजिक संजाल मार्फत सकृय भूमिका निर्वाह गर्ने विशेषतः युवा पंक्तिलाई विशेष बधाई ज्ञापन गर्दछु ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।