जानी राखे राम्रो)महिलाहरू पुरूषको यस्ता कुराहरूबाट सधैँ टाडा भाग्ने गर्दछन  | darpan nepal

१. आफ्नै तारिफ गर्ने पुरुषः

महिला यस्ता पुरुषलाई फिटिक्कै मन पराउँदैनन् । आफ्नै तारिफ गर्ने पुरुषबाट महिला टाढा भाग्छन् ।

२. फ्लर्ट गर्ने पुरुषः

पुरुषमा फ्लर्ट गर्ने बानी सामान्य हुन्छ । यस्ता पुरुष जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा हुन्छन् ।

३. सधैं प्रश्न गर्ने पुरुषः

पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै पोजेसिव भएको हामीले देखेका छौं । प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई मनपर्दैैन ।

४. पुरुष मित्रसँग ईष्या गर्ने पुरुषः

धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले ईष्र्या नै गरेका हुन्छन् । यस्ता पुरुषले सधैं यो हेर्नुपर्छ कि उनको सामाजिक जीवनमा को छन् र को छैनन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।