बहुप्रतिक्षित फिल्म ‘केजीएफ च्याप्टर-२’ को टिजर यसै साता रिलिज हुने भएको छ। यस फिल्ममा कन्नड स्टार यस, बलिउड स्टार संजय दत्त र रविना टन्डनको अभिनय रहेको छ। रविनाले आफ्नो इन्स्टाग्राम एकान्टबाट टिजर रिलिज हुने मिति घोषणा गरेकी छिन्।

केजीएफ च्याप्टर २ को टिजर शुक्रबार रिलिज हुन लागेको छ। यस फिल्ममा यसलाई रकीको भूमिकामा देख्न सकिनेछ। उनको अपोजिटमा अधिराको भूमिकामा संजय देखिनेछन्।

रविना, संजय र यससहित यो फिल्ममा श्रीनिधी सेठ्ठी, प्रकाश राज र मालभिका अभिनास पनि मुख्य भूमिकामा रहेका छन्। यो फिल्म यहि वर्ष रिजिल हुनेछ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।