हेटौंडा । मकवानपुरे मोडल सगुन स्याङतानको नयाँ म्युजिक भिडियो ‘के खानु कसम’ सार्वजनिक भएको छ ।

आज हटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियो दुच्छे म्युजिक क्रियशन युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएको ‘के खानु कसम’ मा विशाल काल्तानको शब्द,संगित र लय रहेको म्युजिक भिडियोमा मोडल स्याङ्तान र याङ्गी दोङको अभिनय रहेको छ ।

सुमित लामाको निर्देशनमा बनेको म्युजिक भिडियो चितवनको जेम्सवल्ड पार्क तथा कबिलास रिसोर्ट आसपासमा सुटिङ गरिएको छ । दिपेश प्रधानको एरेन्ज रहेको म्युजिक भिडियो लक्ष्मन घिमिरेले छायाँकन गरेका हुन् ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।