
धियाँल । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १ झिलघारीकी सोममाया थोकर अहिले निकै खुसि छिन् । उनको खुसिको कारण सोहि वडाको महादेबडाडामा बनेको सामुदायिक स्वास्थ्य इकाइ हो ।
पहिलो बच्चालाई खोप लगाउनको लागि तिनघण्टासम्म हिडनुपरेको पीडा अझै नभुलेको बताउँने थोकर यो पटक भने आफ्नै गाउँ नजिकै स्वास्थ्य इकाई आएपछिल आफुहरुलाई स्वास्थ्य सेवा तथा बच्चालाई खोप लगाउनको लागि निकै सहज भएको बताउछिन् ।
थोकरजस्तै धियाल क्षेत्रमानै पर्ने इपिलघारीकी सरिता जिम्बा पनि गाउँ नजिकै स्वास्थ्य इकाई सेवा आएपछि निकै सहज भएको बताउँछिन् । पहिले स्वास्थ्य समस्या हुँदा या बच्चालाई खोप लगाउन बारा जिल्लाको सिंगौलसम्म पुग्नुपर्ने बाध्यता रहेको भएपनि हाल आफ्नै घर नजिकैको गाउँमा सेवा प्राप्त हुँदा सहज भएको उनको भनाई छ ।
जिम्बा भन्छिन “पहिलो बच्चाको लागि खोप लगाउन ३ घण्टासम्म हिडनुपरेको थियो, अहिले त निकै सहज भएको छ । हामीलाई त गाउँमा निकै विकास भएको अनुभव समेत भएको छ ।”
गाउँमै स्वास्थ्य सेवा सुरु भएपछि स्वास्थ्य सचेतना समेत बढेको उनिहरुको अनुभव छ । बच्चालाई खोप लगाउन आएकी सिता घलानले भनिन् “पहिले पहिले त हामीलाई बच्चालाई कुन खोप लागाउने कति महिनामा लगाउनेसम्म थाहा हुदैनथ्यो, तर अहिले सर, म्याडमहरुले सबै भन्नुभाको छ । गाउँमा पनि स्वास्थ्य स्वयमसेविकाले भन्नुुहुन्छ ।”
बकैया गाउँपालिकाको सबैभन्दा विकट क्षेत्रमा रहेको उक्त वडामा अहिले गाउँपालिकाले दुईजना अहेब तथा दुईजना अनमि र एकजना कार्यलय साहायक सहित पाँच जनाको इकाइ कार्यलयबाट सेवा दिईरहेको गाउँपालिकाका सामजिक विकास महाशाखा प्रमुख फटिकरमण प्याकुरेलले बताए । इकाइबाटमात्र खोप कार्यक्रम गर्न अझ असहज हुने भएपछि सो वडामा गाउँघर खोप क्लिन तथा खोप केन्द्र समेत सञ्चालन गरेको उनको भनाई रहेको छ ।
स्वास्थ्य इकाईका प्रमुख मनराज जिम्बाले इकाइ सुरु भएपछि गाउँलेलाई निरन्तर सेवा प्रदान गरिरहेको बताए । गाउँमा स्वास्थ्य सम्वन्धी चेतना अभिबृत्ति भएकोमा उनले आफुहरुलाई समेत खुसी मिलेको बताए ।
११ महिनामा बर्थिङ सेन्टरमा ३० जनाले लिए सेवा
गाउँपालिकाले इकाइसँगै एउटा बर्थिङ सेन्टर पनि सुरुवात गरेको छ । गत वर्ष माघ १० गते शुभारम्भ भएको सेवामा ११ महिनामा ३० जनाले सेवा लिईसकेका छन् । आजकल यहाका मानिसमा घरमा नभै अस्पतालनै गएर या बर्थिङ सेन्टरसम्म पुगेर प्रसुति गर्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको प्याकुरेलको भनाई छ । प्याकुरेल भन्छन् : हामिले संघियताको कतै राम्रो उदाहरण खोज्नु पर्दा धियालको यो इकाईलाई देखाए पुग्छ ।
शिक्षा स्वास्थ्य पहिलो प्राथमिकतामा : बोलखे
बकैया गाउँपालिकाको निकै बिकट क्षेत्रमा आफुहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन गरिहेको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको भनाई छ । आफुहरु निर्वाचित हुँदा अन्धकार, शिक्षा र स्वास्थ्यमा निकै पछि परेको क्षेत्रमा अहिले निकै परिवर्तन भएको देख्दा सन्तुष्ठी मिल्ने उनले बताईन् । जनप्रतिनिधिको मेहनत तथा कर्मचारी र स्थानीयहरुको सहयोगमा धियाललाई निकै माथिल्लो स्तरमा पुराउने कामको थालनी भैसकेको उनको भनाई रहेको छ । धियाँल क्षेत्रमा भएको विद्यालयलाई स्तरोन्नती तथा शैक्षिक गुणस्तर बनाउने काममा आफुहरुले निकै मेहनत गरेको समेत उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्