file photo

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै बृहत मोटरसाईकल ¥याली गरेको छ ।

आज बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत मोटरसाईकल ¥याली गरेको हो । मोटरसाईकल ¥यालीमा करिब ५ सय मोटरसाईकलहरुको सहभागिता रहेको थियो ।

राप्रपा मकवानपुरले गरेको ¥याली कार्यक्रम जिल्ला पार्टी कार्यलयबाट सुरु भई सोनापोखरा,कान्तिराजपथ,शितलमहल चोक हुँदै सिमाचोक,जिल्ला प्रहरी कार्यलय रोड,बुद्धचोक,मकवानपुर उद्योग वाणिज्य महासंघ रोड,संगम चोक हुँदै पुनः कान्तिराजपथ,बुद्धचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उनिहरुले राजावादी समूह एक हौँ,राप्रपा जिन्दवाद,हिन्दूराष्ट्र कायम गरौ,संघियता खारेज गर,राजसंस्था कायम गर लगाएतको नाराहरु लगाएका थिए ।

कोणसभालाई राप्रपा युवा संगठन जिल्ला अध्यक्ष शुक्रराज प्रजा,राप्रपा केन्द्रीय सदस्यहरु नवराज विष्ट,राजाराम बर्तौला,मधु अधिकारी तथा जिल्ला अध्यक्ष रामहरी न्यौपानेले सम्बोधन गरेका थिए ।

पछिल्लो समय देशभर राजावादी समूहहरुले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि प्रदर्शन गरिरहेको बेला राप्रपाले पनि हेटौंडाबाट खुलेरै राजसंस्थाको लागि प्रदर्शन सुरु गरेको छ । राप्रपाको मोटरसाईकल ¥याली कार्यक्रम अन्र्तगत भोली प्रदेश १ को झापामा पनि प्रदर्शनको तयारी भईरहको बताईएको छ ।

राप्रपा मकवानपुरले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै गरेको बृहत मोटरसाईकल ¥याली तस्विरहरु/खबरब्रेक

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।