सांकेतिक तस्विर

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय बृद्धको बाँकेमा मृत्यु भएको हो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

तुलसीपुरका ४५ वर्षीय पुरुषलाई मंसिर ४ गते कोरोना संक्रमण भएको थियो। उनी त्यहि दिन भेरी अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा गएराति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै, तुलसीपुरकै ८१ वर्षीय बृद्धलाई मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई उपचारका लागि कोहलपुरस्थितनेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा गएराति १०ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।