
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटन गरेका छन् । बुधबार काँग्रेस र नेकपा कार्यकर्ताबीच विवाद भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर नेता पौडेललाई हिरासतमा लिएको थियो ।
विहिबार भने नेता पौडेलले सो पुलको उद्घाटन गरेका छन् । नेता पौडेलले केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई सहितका नेताहरु तथा हजारौ सर्वसाधारणको उपस्थितिमा पुलको उद्घाटन गरेका हुन् ।
नेता पौडेलले सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिती , स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने प्रयास भएको प्रतिक्रिया दिएका छन् ।
उनले बुधबारको घटनामा जिम्मेवार नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
नेता पौडेलले लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता , नेपाली कांग्रेसमाथिको अपमान र अत्याचारप्रति खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द आन्दोलन जारी रहने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्