दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल दोहोरी तथा रात्रिकालीन व्यवसाय खुलाउनुपर्ने माग गर्दै काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघरमा सहभागीहरूले यो क्षेत्र खुलाउनको लागि सरकारले कुनै चासो नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् । यसअघि पटक पटक आफूहरूको व्यवसाय सञ्चालनको लागि सरकार तथा सम्बन्धित सबैलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सडकमा आउनुपरेको उनीहरुले बताएका छन् ।

कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय पनि परेको समितिको गुनासो छ । उनीहरुले सबै क्षेत्र खुल्ला भइसकेको र अव दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।

दोहोरी तथा रात्रिकालीन व्यवसाय तत्काल खुलाउनुपर्नेमा भन्दै समयमा नै आफुहरुको माग नसुने अर्को चरणको आन्दोलन गर्ने चेतावनी पनि समितिले दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।