युरोपियन च्याम्पियन्स लिगमा युभेन्टस विजयी भएको छ । गएराति भएको खेलमा युभेन्टसले डाइनामो किभलाई ३–० ले पराजित गरेको हो ।

युभेन्टसको जितमा चिएसा, अल्भारो मोराटा र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरे । रोनाल्डोले गएरातिको खेलमा गोल गरेसँगै आफ्नो करियरमा ७५० गोल गरेका छन् ।

उनले रियल मड्रिडका लागि ४५० गोल, म्यानचेस्टर युनाइटेडका लागि ११८ गोल, पोर्चुगलका लागि १०२ गोल, युभेन्टसका लागि ७५ गोल र स्पोर्टिङ्ग लिस्बोनका लागि पाँच गोल गरेका छन् ।

डाइनामो किभ र युभेन्टसबीचको खेलको रेफ्री स्टेफानी फ्रापर्ट पनि पुरुष फुटबलको च्याम्पियन्स लिगमा रेफ्री बन्ने पहिलो महिला बनेकी छन् ।  गएरातिको जितसँगै युभेन्टसले आफ्नो समूहमा ५ खेलबाट १२ अंक जोडेर समूहको दोस्रो स्थानमा छ ।  एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।