च्याम्पियन्स लिग फुटबल अन्तर्गत पिएसजीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा नेइमारले २ गोल गरेका थिए भने एक गोल मार्क्युनोसले एक गोल गरेका थिए । त्यस्तै युनाइटेडका लागि एक गोल मार्कोस राशफोर्डले गरेका थिए ।

यस खेलमा युनाइटेडका फ्रेडले खेलको ७०औ मिनेटमा रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

पिएसजीको यो जितपछि समुह एच रोचक बनेको छ । यस समुहमा रहेका पिएसजी, म्यानचेस्टर युनाइटेड र आरबी लेइपजिंगको ९-९ अंक रहेको छ । त्यस्तै इस्तानबुल बासाकसेहिरको ३ अंक रहेको छ ।

अब अन्तिम खेलमा पिएसजीले इस्तानबुलसँग खेल्ने छ भने म्यानचेस्टर युनाइटेडले आरबी लेइपजिंगसँग खेल्ने छ । समुह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुने छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।