हेटौंडा । बागमती प्रदेशको राजधानी मकवानपुरमा राष्ट्रिय स्तरको महिला साइक्लिङ प्रतियोगिता हुने भएको छ । आउँदो शनिबार हेटौंडा जेसीजले उक्त प्रतियोगिता गर्न लागेको हो ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा जेसीजले प्रतियोगितामा १३ औं सागमा स्वर्ण विजेता लक्ष्मी महर्जनसहित देशभरका १३ जना साइक्लिस्टहरु सहभागी रहने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जेसीजका अध्यक्ष राजदेव बानियाँले ८ किलोमिटरको साइक्लिङ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई मेडल, प्रमाणपत्रसहित क्रमशः नगद १८ हजार, १२ हजार र ६ हजार रुपियाँले पुरस्कृत गरिने बताए ।

प्रतियोगिता मकवानपुरगढी गाउँपालिका वडा नं ४ स्थित सामरी पुलदेखि भीमफेदी गाउँपालिका हुँदै मकवानपुरगढी – ५ मा पर्ने गुम्बाडाँडासम्म रहने आयोजकले जनाएको छ । प्रतियोगिता भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने बताईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।