हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि बृहत मोटरसाईकल ¥याली गर्ने भएको छ ।

आज हेटौंडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै राप्रपा जिल्ला अध्यक्ष रामहरी न्यौपानेले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि राप्रपाले चरमबद्ध आन्दोलनको कार्यक्रमहरु गर्ने बताए ।

उनले यसै कार्यक्रम अन्र्तगत भोली हेटौंडामा बृहत मोटरसाईकल ¥याली गर्न लागिएको बताए । उनले भोली दिउँसो पार्टी कार्यलय सुरु हुने बृहत मोटरसाईकल ¥यालीको तयारी पुरा भएको बताए ।

उनले भने “मुलुकमा देखा परेको विकृति विसंगति,भष्ट्रचार देखि लिएर दलिय द्धन्द्ध अन्नर द्धन्द्धहरु चरमोत्कर्ष पुगेको हुनाले जनताहरु सार्है निराश भएको अवस्था छ । यो अवस्थामा प्रजातान्त्रिक शक्ति भन्दा फरक ढङ्गल प्रस्तुत हुने समूहरु पनि अगाडी आएको देखिन्छ । तेसलाई समाधान गर्नको लागि वर्तमान संविधानले दिएको व्यवथा अनुसार संविधान भित्रैबाट दुई तिहाइ बहुमत जनमत लिएर जनमतबाट नै अहिले भएको परिर्वतनलाई हाम्रा एजेन्डा राजसंस्था,हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासन प्रणालीलाई महत्तो दिएर अगाडी बढ्ने हाम्रो पाटीको नीति छ । त्यो नीति कार्यन्यन गर्न यहि संविधानले व्यवस्था गरेको हुनाले हामी कुनै सामाजिक द्धन्द्ध,जनतालाई दुख दिएर फरक ढङ्गले कुनै परिर्वतनको हाम्रो चाहना छैन । संविधान परिधि भित्र रहेर भोली मंसिर १९ गते दिनको साँडे १२ बजे पार्टी कार्यलयमा जिल्ला भरीका आम कार्यकर्ता तथा शुभ चिन्तकहरु मोटरसाईकल ¥यालीको रुपमा सहभागी हुनेछौ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा सम्मेलन जुलुस गर्नु भन्दा मोटरसाईकल ¥याली गर्न लागिएको हो ।”

उनले ¥यालीमा कम्तिमा ५ सय मोटरसाईकलको सहभागी रहने बताए । मोटरसाईकल ¥याली पार्टी कार्यलयबाट कान्तिराजपथ,सानो पोखरा,स्कुल रोड,शितल महलचोक,सिमाचोक,टिस्यन रोड हुँदै बुद्धचोक,उद्योग वाणीज्य महासंघरोड,संगमचोक पुनः कान्तिराजपथ हुँदै बुद्धचोकमा कोणसभा हुने जिल्ला अध्यक्ष न्यौपानेले जानकारी दिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष कमल थापाको पनि उपस्थिति रहन सक्ने उनले बताए ।

यसैगरि पत्रकार सम्मेलनमा राप्रपाको केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरु गरिने बताए । उनले भोली हेटौंडामा र पर्सी २० गते झापामा मोटरसाईकल ¥याली गर्न लागिएको बताए । उनले देशमा चरम भ्रष्टाचार, बेरोजगारी,धर्म परिबर्तन र बिकृती बढेको भन्दै चिन्ता व्यक्त गरे । पत्रकार सम्मेलनमा युबक संगठनका केन्द्रिय उपाध्यक्ष दामोदर वाग्ले लगाएत राप्रपा जिल्ला तथा नगर कार्य समितिका पदाधिकारीको सहभागीता रहेको थियो ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।