हेटौंडा । महिला सशक्तिकरण तथा गरिबी निवारण समुह नेपालले बकैया गाँउपालिकालाई १० ओटा हाते ट्याक्टर,६ वटा विषादी छिट्ने भाडा, एउटा धान काट्ने मेसिन र च्याउ बनाउने मेसिन हस्तान्तरण गरेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र बकैया गाँउपालिकाको आर्थिक सहयोगमा महिला सशक्तिकरण तथा गरीबी निवारण समुह नेपालले बकैया गाँउपालिकालाई कृषि उपकरण हस्तान्तरण गरेको हो ।

मेसिन हस्तान्तरण गर्दे समुहकी अध्यक्ष ईन्दिरा न्यौपानेले कृषिमा आधुनिकिकरण गर्दे उत्पादन वृद्धि गर्न उपकरण प्रदान गरिएको बताईन् । यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका फिल्ड अधिकृत धन बहादुर चन्दले सरकारले अघि सारेको नीति अनुसार कृषिमा आधुनिकिरणका माध्यमबाट मानिसलाई स्वरोजगार बनाउदै आर्थिक विकासमा सहयोग गर्न उपकरण वितरण गरिएको बताए ।

गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गरिबी निवारण समुहले सरकारले गर्न खोजेको काममा सहयोग गरी ठुलो योगदान पु¥याएको बताए । उपकरण वितरण कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष सरला बोलाखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी लगाएतको उपस्थिती थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।