प्रदेश नं.२ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले केपी शर्मा ओली सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनेर रिट दायर गरेका छन् ।

ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको हुनाले उत्प्रेषण आदेश पाउँ भनेर भर्खरै रिट दायर गरेको मन्त्री सोनालले बताए । सोनाल जनता समाजवादी पार्टीका नेता हुन् ।

प्रदेश नं। दुई सरकारले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ । ओली सरकारबिरुद्ध रिट दायर गर्ने सोनाल २०७४ मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं चार अन्र्तगत प्रदेश सभा क्षेत्र नं।

२ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित भएका थिए ।ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको आरोप प्रदेश सरकारहरुको लगाउँदै आएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।