
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । ६२ वर्षमा प्रवेश गरेका महासचिव पौडेललाई नेकपा सचिवालय बैठकमा सहभागि सबैले एकसाथ शुभकामना दिएका थिए ।
नेकपाको सचिवालय बैठक पौडेललाई जन्मदिनको शुभकामना दिंदै सुरू भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपाध्यक्ष वामदेव गौतमले पौडेललाई केक खुवाएर जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरे ।
सो अवसरमा उपाध्यक्ष गौतमले सयवर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्