एजेन्सी ।बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ओसासुनाविरुद्धको आफ्नो गोल अर्जेन्टिनी मिडफिल्डर डिएगो म्यारोडोनालाई समर्पण गरेका छन् ।

अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका मेस्सीले ओसासुनाविरुद्ध ७३औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए । मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए ।

खेलमा बार्सिलोनाले ४–० को सहज जित निकालेको थियो । ओसासुनामाथिको जितमा मेस्सीसँगै मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेका थिए ।

हृदयघातका कारण गत बुधबार महान अर्जेन्टिनी महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो ।

विश्व फुटबलकै महान् मध्यमा गनिने म्याराडोनाले सन् २०१० मा अर्जेन्टिनाको विश्वकप टोलीमा प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।