No description available.हेटौँडा । रूपचन्द विष्ट स्मारक समितिको चौथो साधरणसभा आज हेटौंडामा भएको छ । सभामा बोल्दै समितिका अध्यक्ष तथा प्रत्यायोजित ब्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले यो समितिले सत्य र ठिक अंगाल्ने दश प्रतशत मात्र नागरिक बनाउन सके मुलुक इन्साफे विकासे ब्यवस्थामा परिणत हुने बताए ।

नेपालमा यो समितिको जरुरी किन छ भने तत्कालीन युगकै दार्शनिक राजनितीज्ञ रूदानेको सिधाान्त बर्तमान पुस्तामा पुर्याउन जरुरी छ, उनले भने, आजको दिनमा रूदानेको बिचारको थप महत्त्व बढेको छ । साधरणसभाले आगामी निति कार्यक्रम,आय ब्यय पारित तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । साधरणसभामा समितिका सदस्यहरू लवशेर विष्ट, एकराज उप्रेती,नरेन्द्र रिजाल, रामहरि सुवेदी,शुक्र राजथला,धर्म राजथला,स्वस्थी राजथला लगायतको सहभागीता थियो । समितिको हेटौंडा ११ स्मारक रोडमा आफ्नै भवन सहितको कार्यालय रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।