ताइवानमा बस्ने एक युवतीको खुट्टाको औला २ इन्च लामो भएकै कारण सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनको खुट्टाका औला देखेर जो कोही पनि हातको वा खुट्टाका औला हुन् भनेर अलमलमा पर्ने गरेका छन् । युवती ताइवान विश्वविद्यालयकी छात्रा हुन् ।

उनले खुट्टाको औलाले नै टिभीको रिमोटको बटन थिचेर च्यानल परिवर्तन गर्न सक्ने बताउदै आएकी छिन् । मानिसहरुले युवतीको लामो औला भएकै कारण भुतिया भन्ने गरेका छन् ।

उनले आफ्नो औलालाई सामाजिक सञ्जालमा धेरैले मन पराएको बताउँछिन् । युवती मन्दिरमा गएर आफ्ना दुई खुट्टाका औलाले नै भगवानको प्राथना गर्ने गर्छिन् । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।