नेपालको एक दिने भ्रमणमा आएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । चिनियाँ रक्षमन्त्री वेइले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

आइतबार बिहान काठमाडौँ आइपुगेका रक्षामन्त्री वेइलाई यस अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागत गरेका थिए । विमानस्थलमा रक्षामन्त्री वेइले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका थिए ।

 उनले चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै त्यसलाई नयाँ उचाइमा पुराउने लक्ष्यका साथ आफू नेपाल आएको बताएका छन् ।  कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने, ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।