file photo

हेटौंडा । नेपालमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा थप २५ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ जना पुगेको छ ।

यसैगरि नेपालमा आज थप १ हजार २५५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

यसैगरि आज थप १ हजार ४ सय ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।