
हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका अरुणराज सुमार्गी निर्वाचित भएका छन् ।
जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाठ उम्मेदवार बनेका सुमार्गीले सातौं नम्बरमा विजयी भएका हुन् । एक सय पाँच मत मध्ये सुमार्गीको पक्षमा ६६ मत प्राप्त भएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका सुमार्गी यसअघि पनि महासंघको केन्द्रीय सदस्य रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्